सोनाक्षी सिन्हाले धोका दिएपछि प्रमोदले खाए विष

एजेन्सी । भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ ।

भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद शर्माले पुलिसलाई यसबारे उजुरी पनि दिए तर आरोपीविरुद्ध कुनै कारवाही भइरहेको थिएन । दुःखी प्रमोदले फेब्रुअरी १३ मा विष खाएर आत्महत्या गर्ने कोसिस गरे । अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइयो ।

यो पनि हेर्नुहोस :

सोनाक्षीलाई अवार्ड कार्यक्रममा जानु थियो
कटघर इलाकाको शिवपुरी गाउँका प्रमोद शर्माले नोभेम्बर २४ मा मुरादाबादका एसएसपीलाई सोनाक्षी सिन्हाविरुद्ध ऊजुरी दिएका थिए । प्रमोदका अनुसार उनले दिल्लीमा ३० सेप्टेम्बरमा इन्डिया फेशन एण्ड ब्यूटी अवार्ड कार्यक्रमको आयोजना गरेका थिए । यसमा अवार्ड बाँड्न सोनाक्षी पनि जानुथियो ।

यसका लागि प्रमोदले ट्यालेन्ट फूल अन कम्पनीसँग कन्ट्र्याक्ट गरेका थिए । प्रमोदको दाबी अनुसार सोनाक्षीकी नीजि सचिव मालविका पंजाबीसाग कुराकानीपश्चात् उनले ३७ लाख उनको खातामा अनलाइन ट्रान्सफर गरेका थिए तर सोनाक्षीले कार्यक्रममा आउन अस्विकार गरिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस