विवाह गर्न केटा नपाएपछि यसरी सामुहिक अपिल गर्दै युवतीहरु

एजेन्सी । उमेर छ बैश छ अनि रुप रंग पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो । उमेर ढल्किँदै गइसक्यो तर बिहेका लागि एउटा पनि केटा नपाएपछि अहिले सहरभरिका केटीहरु सामूहिक रुपमा केटा पाउँ भन्दै हार–गुहार गरिरहेका छन् ।

समाचार माध्यममा जनाईए अनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् । ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित रहेका छन् ।भने अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । केटा नपाएपछि उनीहरु अहिले अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन् ।

यो पनि हेर्नुहोस :

तपाईको प्रतिक्रिया दिनुहोस